
एनपीएल सिजन ३ : पहिलो खेलमा लुम्बिनी विजयी, सुदरपश्चिम पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । आज भएको खेलमा साविक विजेता लुम्बिनीले सुदुरपश्चिम रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।
सुदुरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्यायो । लुम्बिनीको जितमा डार्शी शर्टले ४० रन बनाए । अर्का ओपनर आसिफ शेखले ३२ रनको योगदान दिए । सुदुरपश्चिका लागि अनिल खरेलले २ विकेट लिए । दीपेन्द्र सिंह ऐरिले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निकै खराब खेल्दै १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । त्यस्तै शैफ अली जैबले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले ४ विकेट लिए । त्यस्तै शेर मल्लले ३ विकेट लिए भने शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक एक विकेट लिए ।


