
प्रभु बैंकको नयाँ शाखा : झापाको दुर्गापुरमा



काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले सो शाखा बिस्तार गरेर कारोबार समेत सञ्चालनमा ल्याएको हो।
बैंकले झापामा दुर्गापुरसहित पाँच स्थानमा आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ। बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखा उद्घाटन गरेका थिए।
कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, ७ नम्बरका वडाध्यक्ष भीष्मभूषण सिटौला, ८ नम्बरका वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापालगायतले दुर्गापुर शाखाबाट सेवाग्राहीले सहज रुपमा बैंकिङ सुविधा लिन सक्ने विश्वास व्यक्त गरे।
बैंकका कोसी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन बैंक शाखा सञ्चालनमा ल्याइएको धारणा दिए।
बैंकले तीन सय १४ शाखा, दुई सय ८६ एटीएम, ६९ एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

