

डी.ए.भी. प्लस टुले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने




काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सह-अस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त खेल यही माघ १६ गते (तदअनुसार सन् २०२५/१/२९) बाट आयोजना गरिने भएको हो ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइयो । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने आयोजक टोलिले बताइएको छ ।