

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच एक सम्झौता सम्पन्न




काठमाण्डौं। नेपालका लागि महिन्द्रा फोर व्हीलरको एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि. र अग्नि हायेर पर्चेज प्रा.लि.ले एक सम्झौता सम्पन्न गरेका छन् । उनीहरुले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग एक विशेष सम्झौता गरेको हुन्।
बालाजु अटो वर्कस प्रा.लि. कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे। सोही समझौता पश्चात महिन्द्रा ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन्।
सो अवसरमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख उपत्यका भित्र श्रीराम भण्डारी साथै गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारी, अग्नि ग्रुप तथा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरुले काय्र्रक्रममा उपस्थिती जनाएका थिए।