
सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबार पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार १०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको ४ हजार ७९५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ७७५ रुपैयाँ रहेको थियो ।

