
साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारीले Alfa Care Nepal मा २५ प्रतिशत छुट पाउने
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी, कर्मचारी तथा खातावालाहरूले Alfa Care Nepal तथा अन्य ४ समूहका कम्पनीहरूमा २५% सम्म विशेष छुट प्राप्त गर्ने भएका छन् । दुई संस्था बीच छुट सम्बन्धी सम्झौता भएसँगै यस्तो छुट सुविधा पाउने भएका हुन् ।
यो विशेष अवसरको लाभ उठाउन र विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्न सकिने छ । साङ्ग्रिला डेभलपमेन्ट बैंकसँग जाेडिएर याे सुविधा लिन बैंकले आग्रह गरेकाे छ ।

