
साताको सुन : २१ सयले बढ्यो मूल्य, तोलाको कति ?
काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत साताको तुलनामा यो साता सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार, गत भदौ २६ गते शुक्रबार नेपाली बजारमा ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य १ साताको अवधि अर्थात असोज २ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार, भदौ २८ गते आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ २९ गते सोमबार सुनको मूल्यमा १ हजार २०० रुपैयाँले गिरावट आयो । त्यो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार रुपैयाँमै झरेको थियो ।
त्यस्तै, भदौ ३० गते मंगलबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ ३१ गते बुधबार फेरि सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै, असोज १ गते बिहीबार भने एकैदिन २ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँमा झरेको थियो । साताको अन्तिम दिन असोज २ गते शुक्रबार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

