
गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान बसेको सञ्चालक समतिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई हालको चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ९.५ प्रतिशतले हुन आउने १ करोड २५ लाख ७४ हजार १५.११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ६ लाख ६१ हजार ७९०.२७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


