
विकास हाइड्रोपावर कम्पनीद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउने छन् ।

