
प्रि ओपन सेसनमा ८६ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ८६.०५ अंकले बढेको हो । यो ३.३२ प्रतिशतको वृद्धि हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६७१.०९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २५३ कम्पनीको सेयर मूल्य बढेको छ । भने २ वटा कम्पनीको घटेको छ । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा बजारमा १२ करोड माथिको कारोबार भएको छ । आज प्रि ओपन सेसनमा २६१ कम्पनीका २ लख ८२ हजार १ हजार ६०७ पटक खरिद बिक्री हुँदा १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँको कारोबार भएको छ ।

