
एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखको हो ।
बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएमा खरिदकर्ता र बिक्रीकर्ताबीचको आपसी सहमतिमा शेयर खरिद–बिक्री गरिने बैंकले जनाएको छ । उक्त अवधिमा कुनै निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

