
सिटिजन लाइफको स्वामित्व परिवर्तन हुँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण सेयरधनीबीचको स्वामित्व संरचना परिमार्जन गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण सेयर स्वामित्वलाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशतमा परिवर्तन गर्ने प्रस्ताव अघि सारेको हो ।
कम्पनीको भदौ २६ गते सम्पन्न सञ्चालक समिति बैठकले बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ अनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वामित्व अनुपात परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ ।
प्रस्ताव कार्यान्वयनमा आएपछि संस्थापक सेयरधनीको हिस्सा १० प्रतिशतले घट्ने छ भने सर्वसाधारणतर्फको स्वामित्व सोही अनुपातमा बढ्नेछ । हाल कम्पनीको कुल सेयरमध्ये ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ ।

