
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु

सुर्खेत। सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—१० बरीपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, गएराति ११ः४५ बजे लेकबेसी नगरपालिका—१० झुप्रा स्थित लेकबेशीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकल लकबेशी १० का १७ वर्षीया मनोज आचार्यले चलाएका थिए। बुढालाई ठक्कर दिएपछि घाइते भएकी उनलाई उपचारको लागि माया नर्सिङ होम अस्पतालमा ल्याइयो ।
त्यहाँ सम्भव नभएपछि प्रदेश अस्पताल हुँदै नेपालगंज नरसिंह होम लगिएको थियो । बिहान ७ः२० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता बोहोराले बताए।

