
दि ओरियन्टल इन्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । छिमेकी मुलुक भारत सरकारको समेत लगानी गरेको एक सबल निर्जीवन बीमक दि ओरियन्टल इन्स्योरेन्सले आफ्नो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त निर्जीवन बीमकले आफ्नो स्थापना दिवसको अवसरका सो कार्यक्रम आयोजना गरेको हो । कम्पनीले आज ८० औं स्थापना दिवस मनाएको हो ।

आज कम्पनीको नेपालस्थित प्रधान कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको कम्पनी स्रोतले जानकारी दिएको हो ।

कार्यक्रम दि ओरियन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टोटोन चक्रवती, कम्पनीका प्रबन्धक सूर्य कृष्ण मानन्धर लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।
विगतका वर्षमा पनि कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको थियो ।
यसपटक भने कम्पनीले रसुवाको भोटेकोशी लगायतको क्षेत्रमा बाढीले पारेको प्रवभामा सोही रक्तान सहयोगी हुने समेत उदेश्य राखेको छ।

