
शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री विपद राहत कोषमा १ करोड ११ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले भोटेकोशीमा आएको बिनाशकारी बाढी प्रभावित जनताको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने हेतुले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक प्रधानमन्त्री विपद राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका छन् ।
कम्पनीका डेपुटी जनरल म्यानेजर सुरज राजबाहकले पीडितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका सरकार र जनताको साथ रहेको सन्देशसहित विपदकै समयमा पनि सहयोग गरिएको बताए । साथै कम्पनीले प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण तथा पुनस्र्थापनासहित खुशीको दिन देख्ने विश्वास लिएको जनाएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी भोटेकोशी बाढीबाट आफै पनि प्रभावित छ । कम्पनीमा परेको बीमा दावीको वावजुद पनि दिल खोलेर प्रभावित क्षेत्रका जनतालाई प्रधानमन्त्री विपद राहत कोषमार्फत सहयोग गर्न सफल भएको हो ।


