
बुद्ध एयरले दियो कुमारी बैंकका ग्राहकलाई ८ प्रतिशत छुटको सुविधा



काठमाडौँ । बुद्ध एयरले कुमारी बैंकका ग्राहकहरुलाई छुट दिने भएको छ । एक सम्झौता अनुसार उनीहरुलाई ८ प्रतिशतसम्म छुट दिने भएको हो ।
सोही सम्झौता अनुसार बुद्ध एयरबाट यात्रा गर्दा बैंकका कर्मचारीका परिवारहरुले समेत छुट पाउने उल्लेख गरिएको छ ।
यससँगै आगामी दिनमा कुमारी बैंकका कर्मचारी तथा उनीहरुका बुवा, आमा, श्रीमती र छोरा,छोरीले सिधैं डेबिट,क्रेडिट कार्ड वा क्यू आरद्वारा टिकट काट्दा छुट सुविधा पाउने छन् ।
२२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर तीन सय २ शाखा सञ्जाल, तीन सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । आगामी दिनमा थप नयाँ शैली अपनाउदै सेवाको गुणस्तरलाई वृद्धि गर्ने बैंकले जानकारी दिएको छ ।

