
लुम्बिनी विकास बैंकका कर्मचारी र ग्राहकले ओम साईराम पोलिक्लिनिकमा २० प्रतिशत छुट पाउने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र ओम साइराम पोलिक्लिनिक बीच २० प्रतिशतसम्मको छुट सम्झौता भएको छ । दुई संस्था बीच एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले पोलिक्लिनिकमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसीजी, बेड चार्ज, फिजियोथेरापी तथा चिकित्सकीय प्रक्रियामा २० प्रतिशतसम्म छुट पाउने छन् । त्यस्तै औषधीमा ५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । छुट पाउनका लागि बैंकको मोबाइल बैंकिङ र डिबिटकार्डबाट पेमेन्ट गर्नु पर्ने हुन्छ ।

