
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सन सेक्युरिटिजको २ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सन सेक्युरिटिज प्रा. लिले २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।
अहिलेको अवस्थामा सबैजना हातेमालो गरी राज्यलाई सहयोग गर्नुपर्ने हालको आवश्यकतालाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यस कम्पनीले संस्थागत तर्फबाट सहयोग गर्ने निर्णय गरेको कम्पनी सचिव बासुदेव डाँगीले जानकारी दिए ।
यस्तै, दैवी प्रकोपमा आवश्यक पर्ने खोजी तथा उद्धार कार्यमा नेपाल सरकारको दक्षता र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने कार्यमा सहयोग गर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय बताइएको छ । उक्त रकम आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा समेत गरिएको उनले जानकारी दिए ।


