
उपहार विजेता घोषणा कार्यक्रम स्थगित

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको छ। रसुवा, नुवाकोट, धादिङ्ग लगायतका स्थानमा गएको बाढी पहिरोको बिषम परिस्थितिको कारण आज २०८३ भदौ १६ गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको हो।
आन्तरिक राजश्व विभागका अनुसार स्थगित उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम आश्विन १ गते भदौ महिना भरको खरिद बीजकहरुको कुपनहरुको दैनिक तथा बम्पर उपहारका बिजेता छनोट गरिने छ।

