
२ सय ५० को समान किनेका उपभोक्ताले जिते १० लाख

काठमाडौ । करदाता प्राेत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु भएको छ ।
शिव कृष्ण जेनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् ।
१० लाखको बम्पर बिजेता कुपन नम्बरको विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे शिव कृष्ण जेनरल स्टाेरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।


