
सुनचाँदीको मूल्य उच्च वृद्धि, सुन तोलाको फेरि ३ लाख नजिक

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको एकै दिन ८ हजार रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ४७५ रुपैयाँ रहेको थियो ।

