
स्टक ब्रोकर एसोसिएसनको अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा

काठमाडौं । स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि सन सेक्युरिटिज (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष एवं प्रतिष्ठित सेयर बजार विज्ञ कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सागर ढकालको २ वर्षे कार्यकाल समाप्त हुन लागेसँगै एसोसिएसन भित्र नयाँ नेतृत्वको सरगर्मी तीव्र रूपमा बढेको हो ।
नेपालको पूँजी बजारलाई अझ प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउनका लागि अन्य सम्पूर्ण ब्रोकरहरूले युवा र गतिशील सोच बोकेका गिरीलाई “जेन्जी“ उम्मेदवारको रूपमा सर्वसम्मत र बलियो रूपमा अगाडि बढाएका हुन् ।
नीति–निर्माण तहमा लामो अनुभव सम्हाल्नुभएका उम्मेदवार गिरीले आफ्नो क्लोज सर्कल र सरोकारवालाहरूसँग बजार सुधारका एजेन्डाहरूमाथि अन्तक्र्रिया र छलफललाई निकै तीव्रता दिनुभएको छ। नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डसँग समन्वय गरी ब्रोकरहरूको व्यवसायिक हकहित र आम लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गर्नु उनको मुख्य लक्ष्य रहनेछ । बजारको आधुनिक रूपान्तरण र समस्त लगानीकर्ताको हितका लागि समर्पित श्री कृष्ण गिरीको यो चुनावी यात्राप्रति सन सेक्युरिटिज परिवारले शुभकामना व्यक्त गरेकाे छ ।

