
Rotary Club of Vision Kathmandu को दोस्रो पदस्थापन समारोह सम्पन्न

काठमाडौं । Rotary Club of Vision Kathmandu ले रोटरी वर्ष २०२६ – २०२७ का लागि आफ्नो दोस्रो पदस्थापन समारोह काठमाडौंस्थित होटल बेस्ट वेस्टर्न, गौशाला मा भव्य रूपमा सम्पन्न गरेको छ । समारोहमा Rotary International District ३२९२ का District Governor रोटेरियन विष्णु बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम क्लबका अध्यक्ष रोटेरियन कृष्ण प्रसाद दुलालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरू, रोटरी परिवारका सदस्यहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहमा रोटेरियन कृष्ण प्रसाद दुलालले क्लबको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालमा “Create Lasting Impact को भावनाअनुसार समुदायमा दिगो प्रभाव पार्ने सेवा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा उनले शिक्षा, स्वास्थ्य, सदस्यता विस्तार, सदस्यहरूको नेतृत्व विकास तथा प्रभावकारी सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै District ३२९२ का लक्ष्यसँग सहकार्य गर्दै अघि बढ्ने बताए। उनले “यो वर्ष कुनै एक व्यक्तिको होइन, Rotary Club of Vision Kathmandu को वर्ष हो” भन्दै सबै सदस्यको सक्रिय सहभागिता र सामूहिक नेतृत्वमार्फत क्लबलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले District Governor विष्णु बहादुर कार्कीको नेतृत्व तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष, सम्पूर्ण सदस्य, परिवार, सहयोगी संस्था, प्रायोजक तथा कार्यक्रम सफल बनाउन योगदान पु-याउने सबै धन्यवाद ज्ञापन गरे। समारोहमा रोटरीको मूल भावना ” Service Above Self” तथा यस वर्षको अन्तर्राष्ट्रिय सन्देश ” Create Lasting Impact” लाई आत्मसात् गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विभिन्न सेवा परियोजनाहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

