
नामिबिया विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपाली टोलिले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सको उट्रेक्टमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँग नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
लिग दुईमा नेपाल २४ अंक सहित तालिकाको पाँचौं र नोमिबिया २२ अंक सहित तालिकाको सातौं स्थानमा छन् । आजको खेलमा जित निकाल्दै तालिकामा सुधार गर्ने योजनामा दुवै टोलि रहेका छन् ।
प्रतियोगिताको तयारीका लागि नेपालले जर्सीसँग दुुई खेलको एक दिवसिय सिरिज खेलेको थियो । जहाँ नेपाल दुवै खेलमा विजयी भएको थियो । उक्त खेलको नतिजालाई नै निरन्तर्ता दिने योजनाका साथमा नेपाली टोलि रहेको छ ।

