
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडाैं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको–ट्याङ्लाफाँट क्षेत्रमा निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ । चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगो लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक सिट बेल्ट लगाएकै अवस्थामा जलेर मृत फेला परेका हुन् । मृतकको पहिचान भने खुल्न सकेको छैन । कारमा आगलागी हुनुको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

