
सुनचाँदीको भाउमा वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार २४० रुपैयाँ रहेको थियो ।

