
सुनचाँदीको मूल्यमा वृद्धि, एक तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने सुनको मूल्य तोलाको २ लाख ८२ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

