
पूर्वाधार विकासमन्त्री मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

काठमाडौं । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् ।
सडकको अवस्थाबारे शुक्रबार सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेखहुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार मन्त्री लम्सालले शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
ती सडकको निरीक्षण सकेलगत्तै उनी नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए । स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिँडेको मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आएको बताइएको छ ।

