
नेपाल माइक्रो इन्स्योरेन्सको कार्यवहाक सीईओमा अनिल गिरी

काठमाडौं । लघू बीमक नेपाल माइक्रो इन्स्योरेन्सको (एक्टिंग) कार्यवहाक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् । सोही कम्पनीको डीसीईओको जिम्मेवारीमा रहेका उनलाई कार्यवहाक सीईओको जिम्मेवारी दिइएको हो ।

नेपाली बैंक वित्तीय क्षेत्रमा लामो अनुभव हाँसिल गरेका उनै शालिन गिरीले नेपाल माइक्रो इन्स्योरेन्सलाई नयाँ उचाईमा पुर्याउने संचालक समितिले विश्वास व्यक्त गरेको छ ।

यस अघि उनले अन्य पुराना तथा ठूला बीमा कम्पनीमा समेत काम गरी सकेका छन् ।

