
प्रभु बैंकद्वारा स्वास्थ्य केन्द्र लाहाचेकलाई ल्यापटप हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य प्रर्वधन केन्द्र लाहाचोकलाई ल्याप्टप सहयोग गरेको छ । बैंकको माछापुच्छ्रे शाखाले केन्द्रलाई एक थान ल्याप्टल सहयोग गरेको हो ।
स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने उद्देश्यले ल्याप्टल सहहयोग गरिएको बैंकले जनाएको छ । प्रविधिमैत्री तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा टेवा पु¥याउँदै समुदायको समग्र विकासमा योगदान दिन पाउँदा गौरवान्वित भएको बैंकले जनाएको छ ।

