
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबार घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको छ । आज सुन तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ६४० रुपैयाँ रहेको थियो ।

