
कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख बढी कित्ता लकइन अवधि सकिंदै



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख ९ हजार १६९.५० कित्ता सेयरको लइकन अवधि आउँदो साउन ६ गते सकिंदैछ । संस्थापक सेयरधनीतर्फको १० लाख ७२ हजार ४३४ कित्ता, संस्थाका कर्मचारीतर्फको २ हजार ६८०.७० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख ३४ हजार ५४.८० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ । लकइन अवधि समाप्त भएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ ।


