
नेप्से घट्ने क्रम जारी, १७७ कम्पनीको सेयर मूल्य घट्दा ४ अर्बको कारोबार



काठमाडौं । मंगलबार पनि सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार ६.३१ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०५.४५ विन्दुमा पुगको छ । आज सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८० कम्पनीको सेयर मूल्य बढेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि १.४८ अंकले घटेर ४६४.६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४८ हजार ११६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


