
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि



काठमाडौं । पछिल्लो सयम सेयर बजार लगातार रुपमा घटिरहेको छ । स्थिर त्यो पनि एकले बहुमतको सरकार बनेपछि सेयर बजारमा उत्साह देखिनु पर्ने भए पनि बजारले भने गति लिन सकिरहेको छैन् । करिब दुई तिहाइको रास्वपा सरकारलाई सेयर बजारले भने पत्यान सकिरहेको छैन ।
यो सरकार बन्नु भन्दा पहिले २९५० विन्दुमा हाराहारीमा रहेको नेप्से परिसूचक पछिल्लो सयम २७०० को हाराहारीमा घुमिरहेको छ । गत साता १ प्रतिशत भन्दा बढीले घटेको सेयर बजार यो साताको पहिलो दिन पनि दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ४६६.१३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर ५१ हजार ७०२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


