
सुनको मूल्यमा वृद्धि, एक तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदी ५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ रहेको थियो ।


