
प्रदुषण नियन्त्रण शुल्क पेट्रोल तथा डिजेलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा



काठमाडौं । प्रदूषण नियन्त्रण शुल्कवापत् नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्ने भएको छ ।
सरकारले उक्त शुल्क पैठारीकर्तासँग लिने गरी अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नु पर्नेछ । सो अवधिभित्र शुल्क दाखिला नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक १५ प्रतिशत ब्याज लगाई असुल गरिने बताइएको छ । प्रदूषण नियन्त्रण शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ ।


