
कि प्रधानमन्त्रीलाई बोलाइदिनु, कि त मलाई निस्केर जा भन्दिनु : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि सदनमा प्रधानमन्त्रीको खोजी गरेका छन् । बैठकको सुरूमै पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।
प्रधानमन्त्रीलाई ल्याउन नसके ३१ को १ लागू गरेर आफूलाई निष्कासन गर्न माग गरे । ‘धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका छौँ । सभामुखले रुलिङ गर्न सक्नुभएन, नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउन नसके ३१ को १ लागू प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्नुप¥यो,’ उलने भने, ‘म आज रिसाउँदिन, कराउँदिन यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनु प¥यो कि मलाई निस्केर जा भन्नुप¥यो ।’


