
सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ रहेको थियो ।


