
व्यवसायी दुर्गा प्रसाईं छुटे



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।


