
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ रहेको थियो ।


