
बढ्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज १ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।


