
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ११५ रुपैयाँ रहेको थियो ।


