
ह्वाइट हाउस नजिकै गोली चल्यो, गोलिचलाउनेको मृत्यु



काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् ।
सेक्रेट सर्भिसका अनुसार शनिबार साँझ ६ बजे (स्थानीय समयअनुसार) तिर १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए। घटनालगत्तै ह्वाइट हाउसलाई केही समयका लागि ‘लकडाउन’ गरिएको थियो ।
उक्त घटनामा एक बटुवा समेत घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । सुरक्षा निकायका तर्फबाट भने कोही पनि घाइते नभएको बताइएको छ ।


