
सब्रिनाले नेपाल भित्र्यायो विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप ACCOR को lifestyle ब्राण्ड TRIBE



यस साब्रिना होटेल लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ स्थित गणेश चोकमा निर्माण गरेको होटेल अब Tribe Kathmandu नामबाट संचालन हुने छ । Tribe विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्राण्ड हो।
यस सम्बन्धमा साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच गत साता भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो। सम्झौता अनुसार सब्रिना होटेलको काठमाडौंको बुढानिलकण्ठमा रहेको होटेल Tribe Kathmandu नामबाट संचालन हुने छ। यो ट्राइब ब्रान्डको दक्षिण एसिया मै पहिलो प्रोजेक्ट हुने छ । सब्रिना होटेलका अध्यक्ष निराजन थापाले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुशी भएको बताउनुभयो । उहाँले भन्नु भयो ‘काठमाडौंमा डिजाइन, आराम र समुदायलाई जोड्ने आधुनिक अतिथि सत्कारको बढ्दो माग छ र ट्राइब ब्रान्डले आधुनिक यात्रुहरूको त्यही आवश्यकतालाई राम्रोसँग पूरा गर्छ भन्ने हाम्रो विश्वास छ। यो विकासले उदीयमान ठाउँहरूमा फरक खालको अतिथि सत्कार सेवा दिने हाम्रो भिजनलाई प्रतिबिम्बित गर्छ’। उहाँले होटेल अब landmark lifestyle गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ट्राइब ब्राण्ड यसको आधुनिक डिजाइन, व्यवहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ। यसले विशेष गरी अहिलेका युवालाई लक्षित गर्दछ र युवाहरुले खोज्ने स्मार्ट डिजाइन र जीवन्त स्पेस प्रदान गर्छ । विश्वभर ट्राइब ब्रान्डका २७ होटेल संचालनमा छन् । भारत आउनु अघि नै ट्राइब ब्रान्ड नेपाल आएको हो। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा छ। हाल यो होटेल पाँचतारेमा अपग्रेड भईरहेको छ । स्तरोन्नतिपछि ११० वटा कोठासहित सुविधा सम्पन्न होटेलको रुपमा सञ्चालनमा आउनेछ । स्तरोन्नतिपछि होटेलमा ३ वटा रेस्टुरेन्ट रहने छन्, रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुनेछ । कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरि स्तरोन्नति भइरहेको छ। स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम लगायतका सुविधा पनि रहने छ । रणनीतिक रुपमा काठमाडौँको मुटुमा अवस्थित यो होटेल काठमाडौं विमानस्थलबाट १० किलोमिटरभन्दा पनि कामको दुरीमा छ भने पर्यटकीय शाह ठमेल होटेलबाट झन् नजिक छ । शिवपुरी नेशनल पार्क होटेलबाट नजिकै पर्छ ।
यस साब्रिना होटेलले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने छ । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। हाल कम्पनीको जारी पुँजी १ बर्ब १२ करोडबाट बढाएर १ अर्ब २२ करोड कायम गरिएको छ। जस मध्ये ७४ करोड ९६ लाख संस्थापक समूहको रहने छ भने कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ ।


