
एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन्। निर्वाचन समितिका अनुसार वैद्यले ५६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन्। त्यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। उनले ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले आधिकारिक रूपमा परिणाम सार्वजनिक गरेको हो।


