
मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?



काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमाबारे प्रधानमन्त्री बालेन शाह मौन बसेको भन्दै प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘यहाँ फेरि पनि त्यही नक्सा माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छरु समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनुपर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ?’
उनले मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? भन्दै प्रश्न गरिन्। उनले सरकारमा रहेका मन्त्रीहरूको सुनको आम्दानीबारे पनि जनतालाई देखाउनुपर्ने बताइन्।


