
श्रेयस अय्यरले जिते टस,पञ्जाब किंग्सले पहिले बलिङ गर्ने



काठमाडौं । आईपीएल क्रिकटको आजको पहिलो खेलमा अहिले पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलोर भिडिरहेका छन् । यो खेलमा टस जितेर पञ्जाबले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
यो सँगै आरसीबीले पहिले ब्याटिङ गरिरहेको छ । पछिल्ला खेलमा निरन्तर पराजित भएको पञ्जाब आजको खेलमा जित निकाल्दै आफ्नो लय समात्ने तयारीमा रहेको छ । आरसीबी पनि आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोलि बन्ने योजनामा रहेको छ ।


