
सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख माथि पुगेको छ । आज सुन तोलाको ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख पार गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १ हजार २५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो ।


