
लुटतन्त्र देखेर सिरिङ्ग बने अर्थमन्त्री वाग्ले



काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले देशमा व्याप्त संस्थागत कब्जादेखि नीतिगत सेटिङ डरलाग्दो रहेको खुलासा गरेका छन् । उनले विगतमा राज्य संरचनाभित्र भएको दोहन र लुटतन्त्रका विवरणहरू अहिले अध्ययन गर्दा नै आफूलाई आङ सिरिङ्ग हुने अनुभव हुने सुनाएका हुन्।
उता, राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई देशमा नयाँ सुरुवातको संकेत दिने प्रयासमा रहेको बताएका उनले विगतका कमजोरी र गलत अभ्यासहरू दोहोरिन नदिन निजी क्षेत्रलाई समेत जिम्मेवार बन्न सुझाए।
त्यस्तै, अर्थमन्त्री वाग्लेले केही निजी क्षेत्रका आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरे पनि त्यसमा कुनै सत्यता नरहेको दाबी गर्दै सरकारको उद्देश्य कुनै पक्षलाई लक्षित गर्ने नभई प्रणालीगत सुधार गर्नु ह, भने ।
उनले भने, ‘अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रका रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु।’ उनका अनुसार यस्ता विकृति अन्त्य गर्न राज्य संयन्त्र र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक छ।
साथै, वाग्लेले रास्वपा नेतृत्वको वर्तमान सरकारले ‘फोहोर सफा गर्ने’ अभियान अघि बढाइरहेको उल्लेख गर्दै त्यसलाई सावधानीपूर्वक र विवेकपूर्ण ढंगले अघि बढाइने खुलासा गरे। सोही बेलामा उनले अपराधीहरूलाई बचाउने कुनै पनि प्रयास स्वीकार्य नहुने सुझाव दिएका हुन् ।


