
युएईसामु नेपालकाे २९० रनको लक्ष्य, दीपेन्द्रले बनाए सतक



काठमाडौं । आइसीसी क्रिकेट लिग २ अन्तरगत जारी नेपाल, यूएई र ओमान बीचको सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई जितका लागि २९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सतक प्रहार गरेका छन् । उनले टोलिका लागि १०० रनको पारी खेले । त्यस्तै ओपनर विनोद भण्डारीले पनि टोलिका लािग ५६ रनको अर्धसतक प्रहार गरे । गुल्सन झाले टोलिका लागि ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । आजको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अर्जुन कुमाले भने ११ रन मात्रै बनाए ।
युएईका लागि अजय कुमार र जुनेद सिद्धिकीले समान २ विकेट लिए । त्यस्तै हैदर अलीले एक विकेट लिए ।


